Information is intelligence
HomePoliticsरामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकमा उनको निवासमा पुग्यो प्रहरी

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकमा उनको निवासमा पुग्यो प्रहरी

- Advertisement -spot_img

नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्।

प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि प्रहरीले सोधपुछका लागि बोलाएको थियो।

सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हुन्। केही दिनअघि झाँक्रीले गोरखा पुगेर संसद विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई शितलनिवासबाट निस्केर बालकोट जान भनेकी थिइन् ।

उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु