Information is intelligence
HomePoliticsरामकुमारी झाँक्रीको पक्षमा नारावाजी, झडपको स्थिति

रामकुमारी झाँक्रीको पक्षमा नारावाजी, झडपको स्थिति

- Advertisement -spot_img

काठमाडौं। काठमाडौंको शंखमुलस्थित रामकुमारी झाँक्रीको निवासमा नेकपा प्रचण्ड समूहका नेता कार्यकर्ताहरूले नारावाजी गरिरहेका छन्।

घरको गेटमा प्रहरीहरू नियन्त्रणका लागि पुगेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरेको हो।

प्रहरीले पक्राउ गर्न लागेको भन्दै नेताहरुले पनि विरोध गरेका छन् । घरबाहिर धकेलाधकेल हुँदा १ जना घाइते भएका छन् ।

झाँक्रीको घरबाहिर झडपको स्थिति देखिएको छ । कार्यकर्ता आक्रामक देखिएका छन् भने प्रहरी जसरी पनि पक्राउ गर्ने तयारीमा देखिएको छ ।

झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाईहाई भन्दै नाराबाजी गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु