Information is intelligence
HomeNewsमहिलाले विदेश जाँदा सिफारिस लिनुपर्ने विषय आन्तरिक छलफल मात्रै हाेः अध्यागमन विभाग

महिलाले विदेश जाँदा सिफारिस लिनुपर्ने विषय आन्तरिक छलफल मात्रै हाेः अध्यागमन विभाग

- Advertisement -spot_img

विदेश यात्रामा जाँदा महिलाहरूले अनिवार्य परिवार तथा वडा कार्यालयकाे सिफारिस लिनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित भएकाे समाचारप्रति अध्यागमन विभागकाे ध्यानाकर्षण भएकाे छ ।

विभागले विहिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषय विभागकाे आन्तरिक छलफलकाे विषयमात्र रहकाे प्रष्ट पारेकाे छ। विभागले निर्णय गर्दा संविधान , कानून र मानव अधिकारकाे विषयभन्दा बाहिर गएर निर्णय नगर्ने पनि स्पष्ट पारेकाे छ।

विज्ञप्तिमा समाचारमा आएकाे जस्ताे भिजिट भिसामा जानेलाइ नभइ पहिलाे पटक खाडी मुलूक जान लागेका तथा जाेखिम संभाव्यता भएका मुलूक जान लागेका महिलाहरूकाे हकमा परिवार तथा वडाकाे सिफारिस लिनुपर्ने प्रावधान बनाउन आन्तरिक छलफल मात्र भएकाे बताइएकाे छ । अनाैपचारिक रूपमा छलफलमा आएकाे विषयमा आम जनतालाइ भ्रममा नपर्न समेत विभागले आग्रह गरेकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु