Information is intelligence
HomeEconomyआइपीओमा जलविद्युतकाे लाइन , कुन कुन कम्पनीकाे आइपीओ आउँदै ?

आइपीओमा जलविद्युतकाे लाइन , कुन कुन कम्पनीकाे आइपीओ आउँदै ?

- Advertisement -spot_img

पछिल्लाे समय नेपालमा आइपीओकाे माहाेल छाएकाे छ । शेयर बजार लगातार सकारात्मक उचाइतर्फ गइरहेकाे अवस्थामा नयाँ नयाँ आइपीओ लिएर कम्पनीहरू आइरहेका छन् । नेपाल धिताेपत्र बाेर्डबाट स्वीकृति पाइसकेका केही कम्पनीहरूले आइपीओ जारी गरिसकेका छन् भने केही कम्पनीहरू बाेर्डमा स्वीकृतिकाे पर्खाइमा रहेका छन् । नेपालमा जलविद्युतकाे अपार सम्भावना रहेकाे र उक्त सम्भावना यथार्थमा परिणत हुँदै गएकाे अवस्थामा शेयर बजारमा पनि जलविद्युत कम्पनीहरूकाे बाहुल्यता रहँदै आएकाे छ।

बाेर्डकाे प्रारम्भिक रिभ्युकाे लिस्टमा रहेका जलविद्युत कम्पनीहरूमध्ये साहस उर्जा लिमिटेड , सामलिङ् पावर कम्पनी  र बुद्दभूमी नेपाल हाइड्राेपावर नेपाल रहेका छन् ।

त्यस्तै बाेर्डले प्रारम्भिक रिभ्यु सकेर थप डकुमेन्ट माग गरेका कम्पनीहरूमा शुभम पावर , इमर्जिङ नेपाल , सिइडिबि हाइड्राे पावर , तेर्हथुम पावर कम्पनी , हिमालयन हाइड्राेपावर, विन्ध्यवासिनी हाइड्राेपावर , र न्यादी हाइड्राेपावर रहेका छन् ।

त्यस्तै बाेर्डले माग गरेकाे जवाफ प्राप्त गरेकाे तर बाेर्डकाे दाेश्राे चरणकाे रिभ्युमा रहेका कम्पनीहरूमा मैलुङ खाेला जलविद्युत र मध्य भाेटेकाेशी जलविद्युत रहेका छन् ।

यसरी हेर्दा अब आइपीओ आउन लागेका कम्पनीहरूकाे संख्या १२ रहेकाे छ। नेपालमा जलविद्युत उत्पादन बढ्दै गएसँगै जलविद्युत कम्पनीहरूकाे आइपीओ अझै बढ्दै जाने देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु