Information is intelligence
HomePoliticsझलनाथ खनाल दिल्ली प्रस्थान

झलनाथ खनाल दिल्ली प्रस्थान

- Advertisement -spot_img

काठमाडौँ | स्वास्थ्य जाँच गर्न नेकपा (दाहाल-नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल शुक्रबार बिहान एयर इण्डियाको जहाजमार्फत दिल्ली प्रस्थान गरेका हुन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

नेकपा दाहाल-नेपाल समूहका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएका हुन् । दिल्लीमा कुनै राजनीतिक भेटवार्ताको कार्यक्रम भने नरहेको रिजालले बताए ।

‘उहाँ नितान्त व्यक्तिगत र आफ्नो स्वास्थ्य जाँचका लागि दिल्ली जानु भएको हो’ नेता रिजालले भने, ‘दिल्ली बसाईका क्रममा कुनै राजनीतिक भेटवार्ताको कार्यक्रम छैन ।’ दिल्लीको अपोलो अस्पतालमा खनालको स्वास्थ्य जाँच हुनेछ । खनाल पछिल्ला केही वर्ष यता नियमित स्वास्थ्य जाँचका लागि दिल्ली जाने गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु