Information is intelligence
HomeSportsआईपीएलको अक्सनमा नेपालबाट सन्दीप छानिए,कति छ बेस प्राइस?

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप छानिए,कति छ बेस प्राइस?

- Advertisement -spot_img

काठमाडौं | भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने छनोट भएका छन् । दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रिलिज गरेको थियो ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएको थिए ।

अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए । तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् ।

आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु