Information is intelligence
HomeSportsनेपालले खेल्ने त्रिकाेणात्मक सिरिज स्थगित

नेपालले खेल्ने त्रिकाेणात्मक सिरिज स्थगित

- Advertisement -spot_img

आईसीसी लिग टू अन्तर्गत ओमनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। २०२१ मार्च महिनामा नेपाल, ओमन र युएसए सम्मिलित एकदिवसीय सिरिज स्थगित भएको आईसीसीलाई उदृत गर्दै क्यानले जनाएको छ।

त्यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पीएनजी, ओमन र स्कटल्याण्डबीचको सिरिज र पीएनजी, युएसए र नामबियाबीचको सिरिज पनि स्थगित गरिएको आईसीसीले जनाएको छ।

‘बढ्दो कोभिड १९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशहरुबीच रहेको ट्राभल रेस्ट्रिक्सन आदी कारणहरुले तय भएका सिरिजहरु आधिकारिक रुपमा अर्को सूचना नआन्जेल सम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ,’ क्यानको विज्ञप्तिमा भनिएको छ।

ओमन सिरिजका लागि क्यानले माघ २२ गते बन्द प्रशिक्षणका लागि ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। यसमध्ये पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका २१ जना खेलाडीको प्रशिक्षण सुरु गरिएको थियो भने बाँकी सिनियर खेलाडीले पछि प्रशिक्षणमा आउने बताइएको थियो।

यसअघि पनि कतारमा सिरिज खेल्न नेपाली टोलीको घोषणा भएर पनि पछि खेल स्थगित भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु