Information is intelligence
HomeEconomyएनसिसि बैंकले २५ लाख कित्ता शेयर बेच्दै , कसरी किन्ने ?

एनसिसि बैंकले २५ लाख कित्ता शेयर बेच्दै , कसरी किन्ने ?

- Advertisement -spot_img

एनसीसी बैंकले आइतबार फागुन २ गतेबाट २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन फागुन १० गते दिउसो १ बजे सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा खोलिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु