Information is intelligence
HomeSportsरोनाल्डोको फेरी अर्को रेकर्ड

रोनाल्डोको फेरी अर्को रेकर्ड

- Advertisement -spot_img

एजेन्सी | इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोवर्स पुगेको छ ।यससँगै रोनाल्डो ५०० मिलियन फलोवर्स पुग्ने पहिलो खेलाडी बनेका छन् ।

यस अघि सामाजिक संजालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोवर्स पुगेको थिएन ।

रोनाल्डोको सर्वाधिक धेरै फलोवर्स इन्स्टाग्राममा रहेको छ । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ ।

यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोवर्स रहेको छ । ट्वीटरमा उनको फलोवर्स ९१ मिलियन रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु