Information is intelligence
HomeSportsबार्सिलोनाको जितमा मेस्सीको २ गोल,लिगको दोस्रो स्थानमा उक्लियो

बार्सिलोनाको जितमा मेस्सीको २ गोल,लिगको दोस्रो स्थानमा उक्लियो

- Advertisement -spot_img

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई गोल गरे । जुनियर फिर्पोको नाममा एक गोल रह्यो ।

डिपोर्टिभोका लुइस रीओजाले एक फर्काए । घरेलु मैदानमा खेलको २९ औं मिनेटमा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो ।

खेलको ५७ औं मिनेटमा पाहुना टोलीका लुइसले गोल गर्दा खेल २-१ को स्थितिमा आयो ।

खेलको ७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३-१ को अग्रता बनायो ।७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा जुनियरले गोल गरेपछि बार्सिलोना ५-१ ले विजयी भयो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले २२ खेलमा ४६ अंक जोडेको छ । डिपोर्टिभो २२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु