Information is intelligence
HomeEconomyहाइ रेन्जमा नै भयाे निफ्राकाे ओपनिङ

हाइ रेन्जमा नै भयाे निफ्राकाे ओपनिङ

- Advertisement -spot_img

हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर दोस्रो बजारमा आज नियमित कारोबार खुलेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र सेयर किनबेच भएसँगै निफ्राको नियमित कारोबार खुलेको हो। निफ्राकाे शेयर प्रि–ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँका दरले कारोबार भएको छ। नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु. ११३.६२ देखि रु. ३४०.८६ रुपैयाँ रेन्ज तोकेको थियो।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु