Information is intelligence
HomePoliticsप्रचण्ड माधव पक्षले घाेषणा गर्याे तेश्राे चरणकाे आन्दाेलन

प्रचण्ड माधव पक्षले घाेषणा गर्याे तेश्राे चरणकाे आन्दाेलन

- Advertisement -spot_img

नेकपाको प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रमहरू केन्द्रीय आन्दोलन परिचालन समितिले सार्वजनिक गरेको हो।

फागुनको ५ गतेदेखि १२ गतेसम्म पार्टीको जिल्ला कमिटीहरूले विरोधसभा र प्रदर्शन गर्ने आन्दोलन परिचालन समिति सहसंयोजक योगेश भट्टराईले बताए। आन्दोलनअन्तर्गत फागुन ६ गते महङ्गी र भ्रष्टाचारविरुद्ध काठमाडौंको टुँडीखेल वरिपरी मानव साङ्लो अपरान्ह ४ देखि ५ बजेसम्म एक घण्टा गर्ने भएको छ।

फागुन ७ गते देशव्यापी रूपमा सबै स्थानीय तहको वडास्तरमा विरोधसभा, ७ गते देखि १५ गतेसम्म सार्वजनिकस्थलमा पार्टीको वडा कमिटी, जनवर्गीय कमिटी र बुद्धिजीवी संगठनहरूबाट हस्ताक्षर संकलन र फागुन ८ गते  वृहत अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

फागुन ९ गते महिला हिंसा, हत्या एवं बलात्कारविरुद्ध काठमाडौं र काठमाडौंबाहिर विरोध प्रदर्शन, १० गते दलित मोर्चाको अगुवाइमा विभेदविरुद्ध प्रदर्शन, ११ गते पार्टी निकट महिला, दलित, आदिवासी जनजाति संगठनहरूबाट सांस्कृतिक पहिचानसहितको विरोध प्रदर्शन र फागुनको १२ गते संघीय राजधानी र प्रदेश राजधानीमा पार्टीको संगठन र जनवर्गीय संगठनहरूले सिर्जनात्मक विरोध प्रदर्शन गर्ने जानकारी दिइएको छ।

फागुन १२ गते चितवनमा प्रदर्शन, फागुन १५ गते किसान मोर्चाको आयोजनामा विरोध प्रदर्शन गर्ने जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु