Information is intelligence
HomeNewsबालुवाटार जग्गा प्रकरण:माधव नेपाललाई मुद्दा चलाउने/नचलाउनेबारे प्रमाण बुझ्ने आदेश

बालुवाटार जग्गा प्रकरण:माधव नेपाललाई मुद्दा चलाउने/नचलाउनेबारे प्रमाण बुझ्ने आदेश

- Advertisement -spot_img

काठमाण्डौं | सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई र माधव कुमार नेपाल विरुद्ध मुद्दा चलाउने–नचलाउनेबारे प्रमाण बुझने ओदश जारी गरेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र हरि फँयालको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

अधिवक्ता वालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाईसमेत लाई मुद्धा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन मन्त्री र सचिव समेतलाई मुद्दा चलाएको अख्तियारले उनीहरूलाई भने छुट दिएको भन्दै उनीहरुलाई पनि मुद्दा चलाउनुपर्ने जिकिर न्यौपानेले दिए ।

सो मुद्दामाथि विशेष अदालतमा रहेको मुद्दाको मिसिल र संलग्न कागजात मगाएर मुद्दा लाग्ने तथा नलाग्ने विषयमा निर्णय लिन लागेको न्यौपानेले रातोपाटीलाई बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु