Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना पुष्टी

पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना पुष्टी

- Advertisement -spot_img

काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार १३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ।

२४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ।

गत २४ घन्टामा ३ हजार ५०१ पीसीआर परीक्षण भएको छ। देशभर १ हजार ६ सय ४ सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु