Information is intelligence
HomeSportsला लिगामा रियलको जित

ला लिगामा रियलको जित

- Advertisement -spot_img

एजेन्सी | स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४२ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को जित दिलाए । यस्तै खेलको ६१ औं मिनेटमा रियलका फेर्लाण्ड मेन्डीले गोल गरेका थिए ।

तर, रेफ्रीले भीएआरको सहायताबाट उनको गोललाई मान्यता दिएन ।

भ्यालेन्सियामाथिको जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २३ खेलमा ४९ अंक जोडेको छ ।

तर, रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा अझै ५ अंकले पछि रहेको छ ।

भ्यालेन्सिया २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ । ला लिगा अन्तर्गत नै रियल सोसीडाडले गेटाफेलाई १-० ले हराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु