Information is intelligence
HomePoliticsकांग्रेसको ७७ वटै जिल्लामा विरोध प्रदर्शन

कांग्रेसको ७७ वटै जिल्लामा विरोध प्रदर्शन

- Advertisement -spot_img

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ।

विभिन्न जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

सभापति शेरबहादुर देउवाले आज बुटवलमा हुने सभालाई सम्बोधन गर्दैछन्। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डा.प्रकाशसरण महतले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी प्रदर्शनमा सहभागिताका लागि पार्टीका समर्थक तथा आम जनतासित अपिल गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु