Information is intelligence
HomeEconomyप्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

प्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

- Advertisement -spot_img

काठमाडौं | प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको प्रभु बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केटले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु