Information is intelligence
HomeEconomyसेयर बजारमा उछाल,बनायो ऐतिहासिक रेकर्ड

सेयर बजारमा उछाल,बनायो ऐतिहासिक रेकर्ड

- Advertisement -spot_img

साताको दोस्रो दिन सोमवार शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ । परिसूचक ९२.४२ अंकले बढ्दा शेयर बजार २५८५.०१ बिन्दुमा पुगेको छ ।

शेयर बजारमा यो हालसम्मकै ऐतिहासिक उचाइ हो । यसअघि गत सोमबार २५५६ अंकको रेकर्ड बनाएको थियो। यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। १० अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकममा भने यसअघि नै साढे १० अर्बको रेकर्ड बनेको छ।

यस दिन सबै समूहमा हरियाली छाएको छ । यस दिन धेरै कमाउनेमा लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि रहे। यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ।

वाणिज्य बैंकहरुमा नविल र ग्लोबल आइएमई बैंकको मूल्य सबैभन्दा धेरै क्रमशः ८.१ र ७.९ प्रतिशतले बढेको छ।

निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

डिप्रोक्स लघुवित्त, ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा क्रमश अगाडि रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु