Information is intelligence
HomePoliticsमेरो अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्: गगन थापा

मेरो अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्: गगन थापा

- Advertisement -spot_img

काठमाडौं | नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताए । कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको बताए ।

‘मेरो अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराओस्’ उनले भने, ‘मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस् । केबल संविधानमात्र हेरोस् ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु