Information is intelligence
HomePoliticsमहाधिबेशनबाट नेतृत्व परिवर्तन गरेर आउने चुनावमा एकढिक्का बनाएर जानुपर्छ:महामन्त्री कोइराला

महाधिबेशनबाट नेतृत्व परिवर्तन गरेर आउने चुनावमा एकढिक्का बनाएर जानुपर्छ:महामन्त्री कोइराला

- Advertisement -spot_img

घोराही । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेसको सिङ्गो ध्यान अब महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस दाङले सोमबार घोराहीमा गरेको संसद विघटन विरुद्धको  विरोधसभालाइ सम्बोधन गर्दै नेता कोइरालाले महाधिबेशनबाट पार्टी नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई आउने चुनावमा एकढिक्का बनाएर लैजानुपर्ने बताएका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले वैशाखमा चुनाव गर्ने सम्भावना नरहेको भन्दै काँग्रेस पार्टीको महाधिवेशनमा लाग्नुपर्नेमा जोड दिए । ‘चुनाव भएपनि मंसिर–पुस तिर होला, अहिले हुँदैन’ सभामा बोल्दै महामन्त्री कोइरालाले थपे, ‘त्यसैले काँग्रेस पार्टीको महाधिवेशनतर्फ लाग्नुपर्छ, महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई संगठित बनाउनुपर्छ ।’

उनले भने, ‘कम्युनिष्टको दुई तिहाइको सरकारले काम गरेर ३० वर्ष शासन गर्छन् कि भन्ने लागेको थियो, तर उनीहरुको अहिलेको विभाजनले कम्युनिष्टले मुलुकको नेतृत्व गर्न सक्दैन्न भन्ने स्पष्ट शन्देश दिएको छ ।’ उनले काँग्रेस एक ढिक्का भएमा कसैले केही गर्न नसक्ने ठोकुवा गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु