Information is intelligence
HomeEconomyमहिला लघुवित्ताकाे आइपीओमा कति पर्याे आवेदन ?

महिला लघुवित्ताकाे आइपीओमा कति पर्याे आवेदन ?

- Advertisement -spot_img

महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १२ लाख १ हजार ८९० जनाले १ करोड ८५ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ४९.४२ गुणा बढी आवेदन हो ।

महिला लघुवित्तले माघ ३० गतेबाट ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको छ । कुल खुला गरिएको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । महिला लघुवित्तको आइपीओ फागुन ४ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु