Information is intelligence
HomeNewsभागरथीका हत्याराको नजिक पुगिसक्यौं: गृहमन्त्री थापा

भागरथीका हत्याराको नजिक पुगिसक्यौं: गृहमन्त्री थापा

- Advertisement -spot_img

काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा गृह मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे ।

हिंसा, बलात्कारका घटना हुन नदिन र घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु