Information is intelligence
HomePoliticsबैतडीमा कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण,घटनास्थल तनावग्रस्त

बैतडीमा कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण,घटनास्थल तनावग्रस्त

- Advertisement -spot_img

बैतडी जिल्लामा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा दोहोरो झडप भएको छ ।

जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो। कांग्रेसको आमसभामा नेकपा समर्थकले आक्रमण गरेपछि झडप भएको कांग्रेस डिलासैनी गाउँपालिकाले जनाएको छ ।

झडपमा ६ जना घाइते भएका छन्। घटनास्थल तनावग्रस्त बनेको छ। अहिले पनि झडप जारी छ । घटनास्थलतर्फ प्रहरी टोली गइसकेको बताएको छ। प्रहरी घटनास्थलसम्म पुग्न केही समय लाग्ने बताएको छ।

विरोधसभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु