Information is intelligence
HomeSportsएमबाप्पेकाे ह्याट्रिक , बार्सिलाेनाकाे हार

एमबाप्पेकाे ह्याट्रिक , बार्सिलाेनाकाे हार

- Advertisement -spot_img

यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलाेनाले पिएसजीसँग लज्जास्पद पराजय बेहाेरेकाे छ ।

अन्तिम १६ को पहिलो लिगमा पीएसजीले बार्सिलोनालाई उसकै घरेलु मैदानमै ४-१ को फराकिलो गाेल अन्तरले हराएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

एम्बाप्पेले खेलको ३२, ६५ र ८५औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै मोइज कीनले पिएसजीका लागि खेलको ७०औ मिनेटमा एक गोल गरेका थिए।

यसअघि खेलको २७ औ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए। अब दोस्रो लिग पिएसजीको घरेलु मैदानमा मार्च १० मा हुने छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु