Information is intelligence
HomeInternationalअमेरिकामा हिमआँधीकाे आतंक, २३ जनाकाे मृत्यु

अमेरिकामा हिमआँधीकाे आतंक, २३ जनाकाे मृत्यु

- Advertisement -spot_img

अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन्।

मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ। यसको असर आइतबारसम्म रहने बताइएको छ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ।

बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन्। तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ। सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ।

केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन्।

चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्। उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्।

अमेरिकाको  राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले  ढाकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु