Information is intelligence
HomeSportsएमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

- Advertisement -spot_img

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सानदार जित निकालेको छ ।

मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो ।

क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर,३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

७० औं मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजीले ३-१ को अग्रता बनायो । त्यसपछि खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।

यस जितसँगै पीएसजीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग खेल पीएसजीको मैदानमा १० मार्चमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु