Information is intelligence
HomeSportsएमबाप्पे मेस्सी र रोनाल्डोको स्तरमा पुग्नेछन्: ग्रीजम्यान

एमबाप्पे मेस्सी र रोनाल्डोको स्तरमा पुग्नेछन्: ग्रीजम्यान

- Advertisement -spot_img

एजेन्सी | बार्सिलोनाका फरवार्ड एन्टोनियो ग्रीजम्यानले पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेका छन् ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बार्सिलोनाविरुद्धको पहिलो लेगमा ह्याट्रिक गरेपछि ग्रीजम्यानले एमबाप्पेलाई मेस्सी र रोनाल्डोसँग तुलना गरेका हुन् ।

फ्रान्सका सहकर्मी समेत रहेका ग्रीजम्यानले एमबाप्पे चाडै मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने समेत बताए ।उनले भने, ‘उनीबाट म खुसी छु । मलाई विश्वास छ पीएसजीसँग भविष्यका स्टार छन् । जो मेस्सी र रोनाल्डोको स्तरमा हुनेछन्,’ ।

एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई ४-१ ले हराएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु