Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण

- Advertisement -spot_img

काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु