Information is intelligence
HomeEconomyअजाेड इन्स्याेरेन्सले लाभांश नदिने , आएमइ जनरलले दिने

अजाेड इन्स्याेरेन्सले लाभांश नदिने , आएमइ जनरलले दिने

- Advertisement -spot_img

अजोड इन्सुरेन्सका लगानीकर्ताले यसपटक कुनै पनि लाभांश नपाउने भएका छन् । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यता, कम्पनीले आर्थिक वर्ष २०७६–७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीका लागि बिमा समितिमा पेश गरेको जनाएको छ ।

हाल अजोडको चुक्ता पुँजी १ अर्ब रहेको छ भने यसको रिजर्भ कोषमा भने ६ करोड ६३ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अजोडले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ६४ पैसा छ ।

त्यस्तै आइएमई जनरल इन्सुरेन्सले भने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३७ नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ ।

आइएमईले हाल कायम १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्ता बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि आइएमईको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष भने यस इन्सुरेन्सले ६% बोनस सेयर र ०.३१% नगद लाभांश वितरण गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु