Information is intelligence
HomeEconomyदुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

नेप्सेमा आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेरुडे लघुवित्तको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुई कम्पनिले  साधारणसभा र लाभांश प्रयोजनका लागि फागुन ७ गतेदेखि बुक क्लोज गर्ने भएपछि आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन गत आ.व.को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ०.५२६३ प्रतिशत नगद लाभांश सहित कुल १०.५२६३ प्रतिशत बोनस शेयर वितरण गर्दैछ ।

कम्पनीको साधारण सभा फागुन २५ गते बोलाइएको छ ।

त्यस्तै, नेरुडे लघुवित्तले गत आ.व.को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२  प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले फागुन २२ गते शनिवार साधारणसभा बोलाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु