Information is intelligence
HomeEducationकर्णले पाए गुरूदक्षिणामा घर

कर्णले पाए गुरूदक्षिणामा घर

- Advertisement -spot_img

सिराहाका पशुपतिलाल कर्णले गुरूदक्षिणाकाे रूपमा घर नै उपहार पाएका छन् । चितवनकाे खैरहनीस्थित कंकाली माविका पूर्वशिक्षक कर्णले पूर्व विद्यार्थीकाे तर्फबाट घर प्राप्त गरेका हुन् ।

वि.सं. २०२६ बाट चितवनमा अध्यापनरत कर्णले अब आफ्नो अन्तिम इच्छा त्यही घरमा जीवन बिताउने र मृत्युपछि विद्यार्थीमाझ देवघाटमा अन्तिम संस्कार होस् भन्ने रहेको सुनाए ।

पत्नीलाइ क्यान्सर भएकाे र उपचारमा नै सबै पैसा खर्च भएकाले घर बनाउन सक्ने अवस्थामा नरहेका शिक्षकलाइ पूर्व विद्यार्थीहरूले गुरूदक्षिणाकाे रूपमा घर बनाएर हस्तान्तरण गरेका हुन् ।

विद्यालयकाे शैक्षिक गुणस्तर अभिबृद्दि गर्न कर्णकाे भूमिका रहेकाे र उनले समग्र जीवन नै शिक्षामा समर्पित गरेका कारण उनकाे समर्पणकाे सम्मानस्वरूप याे घर उनलाइ हस्तान्तरण  गरिएकाे पूर्व विद्यार्थी कारी महताेले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु