Information is intelligence
HomeSportsपोर्टोसँग युभेन्ट्स पराजित

पोर्टोसँग युभेन्ट्स पराजित

- Advertisement -spot_img

एजेन्सी । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।

बुधबार राति भएको पहिलो लेगमा युभेन्ट्स पोर्चुगिज क्लब पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।

युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए । यस जितसँगै पोर्टोको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

अब दोस्रो लेगमा पोर्टोलाई बराबरीले पुग्नेछ ।

युभेन्ट्सलाई भने दोस्रो लेगमा सानदार पुनरागमनको आवश्यकता देखिएको छ । युभेन्ट्सको घरेलु मैदानमा हुने दोस्रो लेग मार्च ९ मा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु