Information is intelligence
HomeNewsमानव साङ्ग्लाेले घेरिँदै टुडिखेल

मानव साङ्ग्लाेले घेरिँदै टुडिखेल

- Advertisement -spot_img

प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध  चौथो चरणको आन्दोन जारी राखेको नेकपा प्रचण्ड–माधव पक्षले आज बिहीबार काठमाडौँमा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न चार बजेदेखि ५ बजे एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए ।
तुलाधरले मानव साङ्लोका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरु परिचालन हुने बताए ।

मानव साङ्लोका लागि विभिन्न जनवर्गीय संघठनलाई आर्क नै तोकिएको छ ।
त्यसका लागि मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका कार्यकर्ता रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटिनेछन् ।
त्यस्तै विद्यार्थीहरुले भद्रकालीदेखि सुन्धारासम्म, सम्पर्क कमिटी, जबस मोर्चा र युवाहरुलाई बाँकी भूभागमा खटाइने छ । ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा र बाजागाजा सहित उपस्थित हुन पार्टीले निर्देशन दिएको छ ।

मानव साङ्लोमा सहभागी हुन मजदुरतर्फ एकहजार, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका कमिटिका क्रमश, एकहजार, ५सय  र ३ सयको संख्यामा उपस्थिति हुन भनिएको छ  । त्यस्तै विद्यार्थी र सम्पर्क कमिटिका तर्फबाट एक–एक हजार, युवाका तर्फबाट ५ सय जनशक्ति परिचालन हुने नेकपाले जनाएको छ । मानव साङ्लोमा सहभागी हुनेहरुलाई पौने चार बजे नै सम्बन्धित आर्कमा पुग्न भनिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु