Information is intelligence
HomePoliticsसर्याे कांग्रेस महाधिवेशनकाे मिति

सर्याे कांग्रेस महाधिवेशनकाे मिति

- Advertisement -spot_img

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाण्डाैमा गर्ने निर्णय गरेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीवार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यसैगरी कांग्रेसले गाउँ/नगर वडा अधिवेशन आउँदाे असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस निर्णय पार्टीको आउँदाे चौधौं महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु