Information is intelligence
HomeNewsप्रहरीको कुटाइबाट १४ वर्षीय बालकको मृत्यु

प्रहरीको कुटाइबाट १४ वर्षीय बालकको मृत्यु

- Advertisement -spot_img

जुम्लामा प्रहरीको कुटाइबाट १४ वर्षिया बालकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका ३ ग्रज्यांकोटका १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतक बुढा सहित उनका ७ जना साथीहरुलाई माघ १८ गते मोवाईल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सोधपुक्षको क्रममा प्रहरिले शारिरिक तथा मानसिक यातना दिएपछि मृतक वालक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररथ थिए ।

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएपछि बिहिबार स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दा खलंगामा तनाव ग्रस्त भएको थियो । कानुनी राज्यमा प्रहरिको कुटाईबाट बालकले ज्यान गुमाउन वाध्य हुनु विडम्बनाको कुरा भएको पिडित पक्षको भनाई छ । स्थानीयले यथाशिघ्र दोषिमाथि कार्वाहि गरि क्षतिपुर्तिको माग गरेका छन् । ‘अरुलाई न्याय दिने प्रहरिको कुटाइबाटै मृत्यु हुन्छ,भने न्याय माग्न कहाँ जाने’ स्थानियले प्रश्न गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु