Information is intelligence
HomePoliticsकांग्रेसले द्वैध चरित्र देखायो : प्रभु साह

कांग्रेसले द्वैध चरित्र देखायो : प्रभु साह

- Advertisement -spot_img

रौतहट | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले द्वैध चरित्र देखाएको हुनाले कांग्रेस पतन उन्मुख रहेको बताएका छन् ।

बिहीबार गृहजिल्ला रौतहटको क्षेत्र नं. ३ अन्तर्गत पर्ने गुजरा नगरपालिकास्थित पुलको सिलान्यास गर्दै मन्त्री साहले कांग्रेसले अदालतको निर्णय पनि मान्छु भन्दै आन्दोलनका कार्यक्रम गरेर दोहोरो चरित्र देखाएको बताए । दोहोरो चरित्रका कारण पार्टीलाई गम्भीर घाटा लागेको समेत मन्त्री साहको आरोप छ ।

वर्तमान सरकार चुनावी सरकार भएकोले आगामी वैशाख १७ र २७ गते हुने संसदीय चुनाव कुनै पनि हालतमा सम्पन्न गर्न सरकार दृढ संकल्पका साथ लागेको उनले बताए । मन्त्री साहले चुनावमा लड्ने हिम्मत नभएका र जनतासँग डराउनेहरुले मात्रै संसद् पुनस्र्थापनाको माग गरेको दाबी गरे ।

‘संसद विघटन पछि देशमा विद्यमान अवस्थाका बीच कांग्रेसको भुमिकामाथि सबैले एकपटक ध्यान दिन जरुरी छ । हामी जितेका पार्टी देशलाई नयाँ दिशा दिन ताजा जनादेशको लागि आह्वान गरेका छौँ’ मन्त्री साहले भने, ‘तर जनताले पराजित गरिसकेको नेताहरू भने संसद पुनर्स्थापनाको लागि माग गरिरहेको छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु