Information is intelligence
HomePoliticsओलीले देशमा आगो लगाएः माधव नेपाल

ओलीले देशमा आगो लगाएः माधव नेपाल

- Advertisement -spot_img

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाएका छन् ।

संखुवासभामा शनिबार भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हावी हुँदा सिंगो मुलक बन्दी भएको बताए । ओलीले संसद विघटन गरेर सिंगो देशमा आगो लगाएको उनको आरोप छ ।

जनता र समाजवादकाे नारा सत्तामा पुगेर ओलीले बिर्सिएको भन्दै अध्यक्ष नेपालले ओलीलाई जंगली मत्ता हात्तीको संज्ञा दिए । ओली प्रधानमन्त्री बन्न अयोग्य भएकाले पदको गरिमा राख्न नसकेको उनको आरोप छ । नेपालले गफ र उखान–टुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै अब ओलीको पतन सुरु भएको बताए ।

विरोधसभामा नेकपाका अर्का नेता वर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको उनको भनाइ छ ।

नेतृ रामकुमारी झाँक्रीले ओलीले जनताबाट तिरस्कृत भएपछि संसद विघटन गरेको आरोप लगाइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु