Information is intelligence
HomePoliticsसिङजुरो हाल्दिएपछि प्रचण्ड अहङ्कारी बने: केपी शर्मा ओली

सिङजुरो हाल्दिएपछि प्रचण्ड अहङ्कारी बने: केपी शर्मा ओली

- Advertisement -spot_img

प्रधानमन्त्री ओलीले आफूले सिङजुरो हाल्दिएपछि प्रचण्ड अहङ्कारी बनेको टिप्पणी गरेका छन् । शनिबार बिराटनगरमा आयाेजित सभामा सम्बाेधन गर्दै ओलीले प्रचण्डप्रति कटाक्ष गर्दै भने ‘२-४ सिटमा सिमत हुने प्रचण्डलाई एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिएँ लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’

‘प्रचण्डजीको त मलाई माया लाग्छ, पहिले उहाँसँग बैद्य हुनुहुन्थ्यो,’ उनले अघि भने ‘बैद्यले छाड्नुभयो । त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले पनि छाड्नुभयो । अहिले त झाँक्री लिनु भा’को छ, झाँक्रीले अब बचाउन सक्दैन ।’ उनले झाँक्री भनेर प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कटाक्ष गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु