Information is intelligence
HomeEconomy४ करोड ९२ लाख कित्ताभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै...

४ करोड ९२ लाख कित्ताभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै ?

- Advertisement -spot_img

१२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै आईपीओ आउने भएको हो ।

आवेदन दिएका १२ ओटा कम्पनीमध्ये आधिकांश जलविद्युत कम्पनी रहेका छन् । ९ ओटा जलविद्युत कम्पनी, एउटा जीवन बीमा कम्पनी, सिबिआइएल क्यापिटल मार्केट र डिस मिडिया नेटवर्क रहेका छन् ।

१२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । कम्पनीले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ ।

पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो सयमा नै शेयर सूचीकृत भइ दोस्रो बजारमा शेयर कारोबार शुरु हुने भएकाले आकर्षण बढेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु