Information is intelligence
HomeNewsअपहरण आरोपमा बुवा र मामा सहित ३ जना पक्राउ

अपहरण आरोपमा बुवा र मामा सहित ३ जना पक्राउ

- Advertisement -spot_img

धनुषा प्रहरीले अपहरित एक बालकलाई शनिवार राति सकुशल उद्धार गरेको छ । अपहरण आरोपमा उनकै बुवा र मामा सहित ३ जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार दिउंसो एक बजेदेखि अपहरणमा परेका ७ वर्षीय बालक रमेश दासको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको हो ।

‘रमेश दासका छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामको एक होटलबाट सकुशल उद्धार गरेको हो ।’

बच्चाको अपहरणमा संलग्न भएका उनका बुवा रमेश र लक्ष्मेश्वर दाससहित दुई जना मामा पक्राउ परेका छन् । बच्चा अपहरणमा उनको बुवाको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु