Information is intelligence
HomeEntertainment & Arts‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन लिइने

‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन लिइने

- Advertisement -spot_img

काठमाडौं । सुपरहिट दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्जनको लागि कलाकारको खोजी सुरु गरिएको छ । निर्माण तथा वितरणका लागि अुनमति लिएको युवा फिल्म्सले चलचित्रको  कलाकारको अडिसन आह्वान गरेको छ ।

१ वर्ष अघि नै घोषणा भएको यो फिल्मको काम कोरोना महामारीका कारण अघि बढ्न सकेको थिएन। चलचित्रको लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ ।

दक्षिण भारतीय स्टार विजय देवकोरोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भाङगले निर्देशन गरेका थिए। हिन्दी रिमेक ‘कबिर सिंह’ले पनि बक्स अफिसमा राम्रो व्यापर गरेको थियो ।

अडिसनका लागि Contact@yuvafilms.com मा इमेल गर्न आग्रह गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु