Information is intelligence
HomeSportsलिग वानमा पीएसजी पराजित,झर्यो तेस्रो स्थानमा

लिग वानमा पीएसजी पराजित,झर्यो तेस्रो स्थानमा

- Advertisement -spot_img

एजेन्सी | फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोल अन्तरले पराजित भएको हो ।मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो ।

मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे । जितसँगै मोनाको लिगको चौंथो स्थानमा उक्लिएको छ ।

मोनाकोले २६ खेलमा ५२ अंक जोडेको छ । पीएसजी भने तेस्रो स्थानमा झरेको छ । पीएसजीले ५४ अंक जोडेको छ ।

शीर्ष स्थानको लिलको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु