Information is intelligence
HomePoliticsके हाेला सर्वाेच्चमा आज ? फैसला कहिले ?

के हाेला सर्वाेच्चमा आज ? फैसला कहिले ?

- Advertisement -spot_img

दुई महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन मुद्दा छिनोफानोतिर गएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि सकिएको थियो। त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।

इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरूले आफ्नो राय दिइसकेका छन्।

फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन भनेको थियो।

इजलासको आदेशअनुसार सोमबारै वकिलहरूले बहस नोट बुझाएका छन्।  मुद्दाको आज पेसी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका अनुसारमा मुद्दामा फैसला अब जुन दिन पनि आउन सक्छ।

फागुन ७ गतेको इजलासमा उनले ११ गते पनि फैसला आउन सक्ने बताएका थिए।

‘हेर्दाहेर्दै ११ गते सकियो भने त्यही दिन फैसला हुन पनि सक्छ,  १२ गते  सकियो भने त्यही दिन पनि फैसला हुन सक्छ,’ प्रधानन्यायाधीश राणाले भनेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु