Information is intelligence
HomeSportsसिरी 'ए'मा युभेन्टसको सहज जित,रोनाल्डोको उत्कृष्ट प्रधर्शन

सिरी ‘ए’मा युभेन्टसको सहज जित,रोनाल्डोको उत्कृष्ट प्रधर्शन

- Advertisement -spot_img

एजेन्सी | इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीको नाममा एक गोल रह्यो । रोनाल्डोले दुबै गोल हेड मार्फत गरेका थिए ।

यस गोलसँगै रोनाल्डो सिरी ‘ए’ को यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

रोनाल्डोले १८ गोल गरेका छन् । यस्तै रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलमा ४५ अंक जोडेको छ ।युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछि रहेको छ ।

क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु