Information is intelligence
HomeInternationalफेसबुकले अष्ट्रेलियामा लगाएको समाचारमाथिको प्रतिबन्ध हटाउने

फेसबुकले अष्ट्रेलियामा लगाएको समाचारमाथिको प्रतिबन्ध हटाउने

- Advertisement -spot_img

एजेन्सी | सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा समाचारमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । सामाजिक सञ्जाल जाइन्टले गएको बिहीबारदेखि अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार सेयर गर्न र हेर्न प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलिया सरकारको प्रस्तावित कानुनमा केही संशोधन गरिने भएपछि फेसबुकले प्रतिबन्ध हटाउन तयार भएको हो । अस्ट्रेलियाका वित्त प्रमुख जस फ्रीडेन्बर्ग र फेसबुकका प्रमुख मार्क जुकरबर्गबिच भएको कुराकानीमा आउँदा दिनमा प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अस्ट्रेलिया सरकारले फेसबुक र गुुगलमा राखिने समाचारको पैसा तिर्नुुपर्ने नियम लगाउने मिडिया कोड संसदबाट परित गर्ने बताइएका बेला फेसबुकले जवाफमा समाचार सामाग्रीमा प्रतिबन्ध लगाएको हो ।

हाल सो कानूनमा संशोधन गरिने पनि फ्रीडेन्बर्गले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु