Information is intelligence
HomePoliticsप्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला,१३ दिनभित्र बैठक बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला,१३ दिनभित्र बैठक बोलाउन सर्वोच्चको आदेश

- Advertisement -spot_img

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो । दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु