Information is intelligence
HomeSportsसाविक विजेता बायर्नको च्याम्पियन्स लिगमा सहज जित

साविक विजेता बायर्नको च्याम्पियन्स लिगमा सहज जित

- Advertisement -spot_img

एजेन्सी | साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक एक गोल गरे । बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काउदा फ्रान्सिस्कोले आत्मघाती गोल गरे ।

जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ । खेल बायर्नको मैदानमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु