Information is intelligence
HomePoliticsअदालतको फैसला स्वीकार गर्ने ओली समूहको निर्णय, छिट्टै केन्द्रीय कमिटी र दलको...

अदालतको फैसला स्वीकार गर्ने ओली समूहको निर्णय, छिट्टै केन्द्रीय कमिटी र दलको बैठक बोलाइने

- Advertisement -spot_img

काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको नेकपा (ओली समूहका) का प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

‘​नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । हिजो संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

प्रवक्ता ज्ञवालीले छिट्टै नै केन्द्रीय कमिटी बैठक र दलको बैठक बोलाइने पनि बताए ।

अदालतको फैसलापछि ओली समूहको नेकपा पहिलो औपचारिक बैठक आज बसेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु