Information is intelligence
HomeNewsलैनचौरमा टेम्पोमा एक्कासि आगलागी,आगलागी हुँदा केही यात्रुहरु भित्रै थिए

लैनचौरमा टेम्पोमा एक्कासि आगलागी,आगलागी हुँदा केही यात्रुहरु भित्रै थिए

- Advertisement -spot_img

काठमाडौ‌ । काठमाण्डौंको लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ । यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी भएको हो ।

बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको ट्राफिक प्रहरीले जनाएका छन् ।

करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको हो । टेम्पोका चालक कञ्चनपुर घर भई हात्तीगौडा बस्ने २६ वर्षीय प्रनान्द बोहरा हुन् ।

आगलागी भएको केहीबेरमा त्यही आएको ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । ट्याम्पुमा आगलागी हुँदा केही यात्रुहरु भित्रै थिए तर उनीहरु भाग्न सफल भएका थिए ।

ग्यास टेम्पोमा कसरी आगलागी भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु