Information is intelligence
HomeSportsबार्सिलोनाको सहज जित, मेस्सी बने सर्वाधिक गाेलकर्ता

बार्सिलोनाको सहज जित, मेस्सी बने सर्वाधिक गाेलकर्ता

- Advertisement -spot_img

गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको छ ।

बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । याे सँगै लियाेनल मेस्सी १८ गाेलसहित सिजनकाे सर्वाधिक गाेलकर्ताकाे सूचीमा अग्रस्थानमा रहन सफल भएका छन्।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलकाे दोस्राे हाफको ४८औं मिनेटमा मेस्सी गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले ६८औं मिनेटमा दोस्रो गोल गरे । यस्तै जोर्डी अल्वाले ७३औं मिनेटमा गोल गरे ।

यो जितसँगै बार्सिलोनाको २४ खेलमा ५० अंक जोड्दै  तेस्रो स्थानमा उक्लेको छ । २३ खेलबाट एट्लेटिकोको ५५ अंक छ । रियलले र्सिलोना समान २४ खेलबाट ५२ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु